नियम १५०
तालीमको व्यवस्था
:(१) प्रहरी कर्मचारीलाई कार्यकुशल एवं दक्ष तुल्याउन अनुसूची–१० मा उल्लेख भएका तालीमहरूको अतिरिक्त प्रहरी प्रधान कार्यालयले तोके बमोजिमका अन्य तालीमहरू समेत दिन सकिनेछ ।
(२) विदेशमा सञ्चालन हुने तालीममा प्रहरी कर्मचारीको छनौट गर्दा प्रहरी प्रधान कार्यालयले तोकेको मापदण्ड बमोजिम छनौट गरी मन्त्रालयको सहमति लिई पठाउनु पर्नेछ । तर नेपाल सरकारलाई आर्थिक व्ययभार हुने वैदेशिक तालीमको हकमा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।